दुर्लभ रोगबाट पीडित उरुग्वेका प्रशिक्षक तबरेजको विश्वकप सपना

एजेन्सी । रुसमा जारी विश्वकप फुटबलमा एक जना प्रशिक्षक लट्ठीको सहारामा यताउति गरिरहेको देखिन्छन् । उनी क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडी रहेको पोर्चुगललाई पाखा लगाएर क्वार्टरफाइनल पुगेको उरुग्वेका प्रशिक्षक ओस्कार तबरेज हुन् । सन् १९४७ मार्च ३ तारिखमा ओस्करको जन्म भएको थियो । करिब दुई दशकदेखि उनी लाई ‘गुलेन बार सिन्ड्रोम’ बाट ग्रसित छन् । यो रोग लागेका मानिसहरुको मांसपेशी कमजोर हुनथाल्छ र कहिले काँही सास फेर्न पनि समस्या हुन्छ ।

पछिल्ला केही वर्षमा ओस्करको स्वास्थ्य तीब्र रुपमा बिग्रिएको छ र उनको शरिरमा यो सिन्ड्रोमको असर स्पष्ट रुपमा देख्न थालिएको छ । यसै कारण ओस्कर खेलको क्रममा मैदान बाहिर एउटा लट्ठीको सहारमा उभिने गर्छन् । तर आफ्नो टिम र फुटबलका लागि उनी निकै जोसिला छन् ।

 

सन् २००६ को अन्त्यदेखि अहिलेसम्म ओस्कर उरुग्वे टीमका कोच हुन् । उनको संलग्नतामा उरुग्वेको समुह कूल चारपटक फुटबल विश्वकपका लागि क्वालिफाई गरेको छ र एकपटक सेमिफाइनलसम्म पुगेको छ । रुसमा चलिरहको फुटबल विश्वकप, २०१८ को ग्रुप स्टेज प्रतिस्पर्धामा कुनै पनि समूह उरुग्वेविरुद्ध एक गोल पनि गर्न सकेको थिएन ।

सन् १९६० देखि ७० सम्म उनी फुटबल खेलाडी थिए । झन्डै १२ वर्ष फुटबल खेले । त्यसपछि उनी टिम म्यानेज गर्ने पेशातिर मोडिए । करिब ३० वर्षदेखि फुटबल प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । उनले कोलम्बिया, अर्जेन्टिना, इटली र स्पेनका ठूला फुटबल क्लबको म्यानेजरका रुपमा काम गरिसकेका छन् । इटलीको मुख्य फुटबल क्लबमध्येमा पर्ने एसी मिलानका समेत म्यानेजर रहिसकेका छन् उनी।

सम्बन्धित शिर्षकहरु