काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार समूह सी र डी का ४ खेल हुँदैछन् । समूह सी’ अन्तर्गत आज पौने ८ बजे डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु भिड्दैछन् ।
यस्तै समूह ‘डी अन्तर्गत आजै राति हुने अर्को खेलमा नाइजेरिया र अर्जेन्टिना तथा क्रोएशिया आइसल्याण्ड भिड्दैछन् । खेल आजराति ११ः ४५ बजेपछि सुरु हुँदैछ । यस समूहबाट क्रोएशिया यसअघि नै २ खेलमा अपराजित रहँदै नकआउट चरणमा पुगिसकेको छ ।
यस्तै समूहको कठिन अवस्थामा रहेको अर्जेन्टिनाले २ खेलबाट १ अंक मात्र जोडेको छ । नकआउट चरणमा पुग्नका लागि अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र पुग्दैन क्रोएशियाले आइसल्याण्डलाई पनि पराजित गर्नुपर्छ ।








