एजेन्सी । युरोपका चर्चित स्टार मोहमद सालाहको टिम इजिप्ट समूह चरणबाटै बाहिरिने भएको छ । समूह चरणको दोश्रो खेलमा आयोजक रुससँग ३–१ ले पराजित भएपछि इजिप्ट बाहिरिने लगभग पक्का भएको हो । रुस भने एक खेल अघि नै अघिल्लो चरण प्रवेश गरेको छ । यो समूहमा रुसको ६अंक भएको छ । यो विश्वकपमै सबैभनदा बढि गोल गरेको रुसले ८ गोल गर्दै १ गोल खाएको छ ।
रुसविरुद्धको खेलबाट विश्वकपमा फर्किएका इजिप्टका स्ट्राइकर मोहमद सालाहले रुस विरुद्ध एक गोल गरे । उनले ७३ औं मिनेटमा पेनाल्टि मार्फत गोल गरे पनि जिताउन भने सकेनन् । सुरुमा रेफ्रिले फ्रिकिक दिएपनि भिडियो रिप्लेपछि पेनाल्टि दिने निर्णय लिएका थिए ।
खेलको पहिलो हाफ गोलरहित सकिए पनि दोश्रो हाफमा रुस हावी भयो । ४७ मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेपछि अग्रता लिएको रुसका लागि डेनिस चेरसिभले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसको तीन मिनेटपछि आर्टिम डेइवाले गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका थिए । तर पनाल्टि पाए पछि इजिप्टले गोलअन्तर ३–१ मा ल्यायो ।
यसअघि रुसले साउदीलाई पराजित गरेको थियो भने, इजिप्ट उरुग्वेसँग पराजित भएको थियो । यहि समूहका उरुग्वे र साउदी बुुधबार राति खेल हुनेछ । समूूहको अन्तिम खेलमा रुसले उरुग्वे र इजिप्टले साउदीको सामना गर्ने छन् ।








