काठमाडौं । विश्वकप फुटबलअन्र्तगत शुक्रबार हुने तीन खेलमध्ये पोर्चुगल र स्पेनबीचको खेललाई रोचक रुपमा लिईएको छ । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ । समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् ।
स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।








