प्युठान । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ना ४ ख १८७६ नं. को रात्री बस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृतक पुरुष मध्ये १ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार सोही बस चालक जिल्ला कैलाली, चौमालाका वीरबहादुर थारु भन्ने सवारी चालक अनुमति पत्रबाट खुल्न आएको छ । अन्य मृतको सनाखत हुन बाँकी छ । गम्भीर घाइते ४ जनालाई उद्दार गरी बुटवल र अन्य २१ जना घाइतेलाई जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको लागि पठाईएको छ । सडकमा पानी रहेको र चिप्लो भएका कारण बस दुर्घटनमा परेको अनुमान गरिएको छ ।
घाइतेको नामावली









