एजेन्सी । फ्रेन्च कपको उपाधि लिग च्याम्पियन पीएसजीले जितेको छ। संघर्षपूर्ण खेलमा पीएसजीले तेस्रो डिभिजनको क्लब लेस हर्वियर्सलाई २-० ले हराउँदै उपाधि जितेको हो।
अन्डर डगको पहिचान बनाएको हर्वियर्सले पीएसजीलाई दबाब दिए पनि लिग च्याम्पियनविरुद्ध उसले कुनै चामत्कारिक प्रदर्शन गर्न भने सकेन। लो सेल्सोले २५ यार्डबाट २६ औं मिनेटमा आकर्षक गोल गर्दे पीएसजीलाई अग्रता दिलाए।
त्यसअघि पीएसजीले ३ वटा गोलका राम्रा मौका चुकाएको थियो। त्यसअघि पीएसजीले गरेको एक गोल भिडियो रेफ्रीले मान्यता दिएनन् तर काभिनीले ७४ औं मिनेटमा पेनल्टीमार्फत दोस्रो गोल सम्भव बनाएपछि पीएसजीले राहत महसुस गरेको थियो। लेस हार्वियर्सले फ्रेन्च कपको १० खेलमा आफूलाई स्थापित गरायो।
गत अक्टोबरमा २ सय १७ समर्थकअघि पहिलो खेल खेलेको उसले फाइनलमा करिब ७३ हजार दर्शकको साथ पाएको थियो। फ्रेन्च कप जितको पीएसजीले घरेलु कपका लागि भएका आफ्नो अपराजित यात्रालाई ४२ खेल सम्म कायम राखेको छ। फ्रेन्च कप र लिग कपमा लगातार चार पटक उपाधि जितेको पीएसजी २०१४ को जनवरीयता अपराजित रहेको छ।








