अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुको आयोजनामा यहि २७ मे २०१८ आईतबारका दिन सिड्नीमा “बाल कविता महोत्सव ” हुनेभएको छ। प्रवासमा रहने पछिल्ला पुस्ता नेपाली भाषी बालबालिकाहरुमा नेपाली भाषा संस्कृती तथा साहित्य प्रति अभिरुची जगाउने मूल उदेश्य सहित आयोजना गरिएको एक विशेष कार्यक्रम बाल कविता प्रतियोगिता सहितको “बाल कविता महोत्सव ” गरिने भएको हो।

कार्यक्रममा सहभागी बालबालिका मध्ये तीन जनालाई बिशेष पुरस्कारको ब्यबस्था साथै प्रतियोगितामा सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रमाणपत्र र नेपाल बाट प्रकाशित भएको कुनै एक नेपाली बालसाहित्य पुस्तक प्रदान गरिने आयोजकले बताएको छ।
२७ मे २०१८ आइतबार दिउंसो १:३० बजे देखि ४ बजे सम्म एसफिल्डको पोलिस क्लब , ७३ नोर्टन स्ट्रीट ,एशफिल्डमा सो कार्यक्रम हुनेछ।
प्रतियोगितामा भाग लिनको निम्ती आयोजकले निम्न कुराहरुमा ध्यान दिनु पर्ने जनाएकोछ।
१ ) ५ बर्ष देखि १४ वर्ष सम्मका बालबालिकाहरुले बाल साहित्य महोत्सवमा भाग लिन पाउनेछन।
२) कविता प्रतियोगिताको लागि कविताको शिर्षक खुल्ला राखिएको छ। तर व्यक्तिगत आक्षेप लगाईएका कवितालाई सो प्रतियोगितामा मान्यता दिइने छैन।
३ ) कविता नेपाली भाषामा लेखिएको हुनु पर्नेछ ।
४ ) बालबालिका स्वयं ले कविता लेखेको हो अथवा अभिभावक ले लेखेको हो ,छुट्याएर पठाउनु पर्नेछ नोट: (बालबालिका स्वयंले लेखेको कविता प्रतियोगितामा भाग लिनको लागि मान्यता दिइनेछ भने अभिभावकले लेखिदिएको कवितालाई सो कविता महोत्सवमा वाचन गर्न पाइनेछ तर प्रतियोगिताका लागि मान्यता दिईने छैन। )
५ सो कार्यक्रममा बालबालिकाहरुले वाचन गर्ने एक प्रति कविता सहित रचनाकारको पुरा नाम, ठेगाना, सम्पर्क टेलिफोन नं inls.nsw@gmail.com अथवा अनेसासको Facebook Pageको Messagebox( https://www.facebook.com/INLS.AU/) मा १३ मे २०१८ आइतबार सम्ममा पठाईसक्नु पर्नेछ।
६. कविता चोरि गर्नु अपराध हो र कसैले स-प्रमाण दावा गरेको खण्डमा उक्त कविता स्वत: महोत्सवबाट बाहिरिनेछ । यस्तो प्रवृतीलाई निरूत्साहित गर्न अभिभावकको महत्वपुर्ण भुमिका रहनेछ भन्ने विश्वास राखेका छौँ भनी आयोजक अनेसास एनएसडब्लुले बताएको छ। थप जानकारीका लागि: निम्न फोन नं मा फोन सम्पर्क गर्न सकिनेछ।
सानु घिमीरे- 0424 981 983
महेश्वर शर्मा- 0425 800 382
दिपक निरौला- 0413897409
ममता तिवारी- 0431 450 930




