धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने क्रिकेट मैदानको विषयमा कप्तान पारस खड्कासँग छलफल

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको लर्ड बुद्ध क्रिकेट मैदान बनाउने घोषणा गरेपछि नेपाली खेल जगत तरंगित भएको छ । मैदान निर्माणकै बारेमा मंगलबार फाउन्डेसनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडी र कलाकारसँग पनि छलफल गर्‍यो ।

मंगलबारको छलफलका बारेमा जानकारी दिँदै कप्तान खड्काले भने उहाँहरुले छलफलका लागि बोउनुभएका थियो, मैदान निर्माणको विषय निकै सकारात्मक रुपले अघि बढेको पाएका छौं । उनले अब केही दिनमै मैदान निर्माणको ठाउँसहित औपचारिक घोषणा हुने आफुले जानकारी पाएको बताए ।

देशमा एउटा मैदानको खाँचो रहेको र त्यो अभियानमा लागेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई आफूहरुको पनि साथ रहने पारसको भनाई छ ।यस्तै फाउन्डेसनसँग सहकार्य गर्नका लागि लोक गायक बद्री पंगेनी पनि जुटेने भएका छन् ।
देशलाई एउटा क्रिकेट मैदानको खाँचो छ उहाँहरुको योजनालाई सफल पार्नको लागि म सहयोग गर्ने छु गायक पंगेनीले भने ।

फाउन्डेसनले दुई चार वर्षभित्रै निर्माण सक्नेगरी काम अघि बढाउने जनाएको छ । नेपालमा क्रिकेटको माहोल देखेर धुर्मुस सुन्तली फाउन्डेसनलाई साथ दिनेहरु पनि थपिँदै गएका छन् ।

फाउन्डेसनले काठमाडौंको मूलपानीमा रहेका २ वटा मैदान, त्रिवि क्रिकेट मैदान, रुपन्देही, चितवन र हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन जग्गाको अध्ययन गरेको थियो । अहिले ति जग्गाको बारेमा विज्ञ समूहले थप अध्ययन गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु