एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बुधबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इटालियन क्लब रोमालाई ४–१ गोलले हरायो । खेलमा दुई आत्मघाती गोल रोमाले दुई आत्मघाती गोल गर्नपुग्दा बार्सिलोनाको जित सहज बनेको थियो । खेलको ३८ औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले एक शुन्यको अग्रता लियो । ५५ औं मिनेटमा फेरि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरे र बार्सिलोनाले खेलमा दुई शुन्यको दुरी बढायो ।
यस्तै खेलको ५९ औं मिनेटमा जेरार्ड पिकेले टिमका लागि तेस्रो गोल थपे । खेलको ८० औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई केहि राहत दिए पनि त्यो पर्याप्त हुन सकेन। खेलको ८७ औं मिनेटमा लुइस स्वारेजले एक वर्ष भन्दा बढी समय पश्चात च्याम्पियन्स लिगमा गोल गर्दा बार्सिलोना चार एकको सहज जित हात पार्दै सेमिफाइनल नजिक पुगेको छ ।








