कतै जाँदै हुनुहुन्छ ? यी रुट प्रयोग नगर्नुहोस्,जाममा फस्नुहोला

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन आज हुँदैछ । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार आज सम्बोधन गर्न लागेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्न संसद भवन नयाँ बानेश्वर जाँदैछिन्। राष्ट्रपति नयाँ बानेश्वर जाँदा १५ मिनेट र फर्किदाँ १५ मिनेट सवारी रुट प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शीतल निवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार हुदै नयाँ बानेश्वर पुग्नेछिन्। त्यस समयमा त्यस क्षेत्रमा सवारी अवरुद्ध हुनेछ ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु