काठमाडौं । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।
मंगलबार कोरोना संक्रमित पुष्टि भएका भक्तपुर निवासी लकडाउनको समयमा उनी नियमित कार्यालय जाने गरेका थिए।
त्यसैले अहिले कति जना उनको सम्पर्कमा आए भन्ने खुल्न सकेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी स्रोतको अनुसार परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषको घरमा अहिले पनि ११ जना सदस्य छन्।
परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ ।
उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ ।







