डेम्बेले बने विश्वको दोस्रो महंगो खेलाडी,नेइमारको ११ नम्बर जर्सीमा देखिदैं

एजेन्सी, भदौं १३ । बार्सिलोनाले नेइमार पिएसजी गएपछि उनको ठाउँमा बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो । यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ ।

नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पिएसजी गएका थिए भने बार्सिलोनाले तिरेको मूल्यले २० वर्षीय डेम्बेले विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् ।

डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।

सम्बन्धित शिर्षकहरु