एजेन्सी, मलेसियामा प्रधानमन्त्री नजिव रजाकको राजीनामा माग गर्दै आज दोस्रो दिन पनि प्रदर्शन हुदैछ । राजधानी क्वालालम्पुरमा हुने प्रदर्शनमा दशौ हजारको सहभागित रहने अनुमान गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री रजाकले केही गर्न नसकेको भन्दै उनको राजीनामा माग गर्दै हिजो हजारौंको संख्यामा सर्वसाधारण राजधानी क्वालालम्पुरको सडकमा उत्रिएका थिए । हिजोको प्रदर्शनमा करिव २५ हजारको सहभागिता रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रदशर्नकारी पहेंलो टिसर्टमा सडकमा उत्रिएका थिए । सो रङ्गको टिसर्ट लगाउन मलेसिया सरकारले प्रतिबन्ध लगाएको छ ।
यसैबीच, लेबनानमा पनि सरकार विरोधी प्रदर्शन भएको छ । भ्रष्टाचार अन्त्य गर्न सरकार असफल भएको भन्दै राजधानी बेरुतमा सरकार विरोधी प्रदर्शन भएको हो । राजधानी बेरुतस्थित शहिद चोकमा भएको प्रदर्शनमा प्रदर्शनकारीको हातमा लेबनानको झण्डा भएपनि कुनै राजनीतिक पार्टीको ब्यानर भने नदेखिएको बीबीसीले जनाएको छ ।








