बाढी सँगसँगै जङ्गलबाट निस्किएका जनावरको पनि त्रास, सहयोगको लागी निम्न नम्बरहरूमा सम्पर्क गर्नुहोला

साउन २९, काठमाडाैँ । देशभर भयवहको स्थिति रहँदा सम्पुर्ण जनहरूमा एकअापसमा सहयोग र सद्भाव राख्न अनुरोध छ । हालसम्म थुप्रै ठाउँमा सडकहरू अवरोध हुनुका साथै जनधनको क्षति भएका छन् । ती मध्ये केहि तल सुचीकृत गरीएको छ । अाफु पनि बचाैँ र अरूलार्इ पनि बचाउँ ।

१)पृथ्बि राजमार्ग , धादिङ्गमा पहिराे
२)मुग्लिङ्ग – नारायणगढ सडक खण्ड पहिराेले बन्द
३)दाउन्नेमा पहिराे गएर पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड बन्द
४)अगैया,गाबरमा पुल भाचिँदा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत कुशुम-काेहलपुर सडक खण्ड बन्द
५)पाेखरा- बुटवल पहिराेकाे उच्चतम् जाेखिममा
६) तराईमा विभिन्न ठाँउमा अाएकाे बाढिका कारण चन्द्रनिगाहपुर बाटै पुर्बी तराई जान अबराेध
७) जनकपुर , ईटहरि, बिराटनगर जलमग्न
८)चितवन रत्ननगर -३, खैरहनि र माडि का केही भुभाग डुबानमा।
९) काठमाण्डाै – हेटाैँडा सडक खण्ड पहिराे काे जाेखिममा
१०) सप्तरी , सुनसरि लगाएत मुख्य नदि सगँ जाेडिएका बस्ति डुबानमा
११) देशै भर पहाडि ईलाकामा पहिराे जाेखिम हाल सम्म तीन दर्जन भन्दा बढिकाे मृत्यु र करिब डेढ दर्जन बेपत्ता ।

अापतकालिन अवश्थामा फँसेको भएमा 100 मा फाेन गरि सुरक्षाकर्मि सँग सम्पर्क गर्नु हुन र अावश्यक परे अापतकालिन अवश्थामा सम्पुर्ण युवालाई तयार हुन अावश्यक रहन गएकाे छ।
बाढी जङल मा पसि जङ्गलमा भएका जनावर बाहिर निक्लेको हुदा चितवन बासी अझ बाढी प्रभाबित क्षेत्रका सबै जना बाहिर निक्लदा हिन्दा उज्यालो अथवा टर्च लिगेर बस्नु होला । त्यहा भए गरेको क्षतिहरुको जानकारीहरु दिइरहन अनुरोध गर्दछ । माडी बिपद ब्यबस्थापन नेपाली सेना सहयोगको लागि ९८५५०४६२८७ ९८५७०३८५२२
Contact: the Team
Binod Nepal – 9804334429
Coordinator, Quick Volunteer
QV Arun Khadka-9851018425

(MRR को सहयोगमा )

सम्बन्धित शिर्षकहरु