असनेपालन्युज ,सिड्नी । 
गजलमा रुची रहनेहरूका लागि सिड्नीमा एक गजल वाचन कार्यक्रमको तयारी भएको छ । आयोजक समितिका अनुसार हाल सो गजल कार्यक्रमका लागि गजलहरू संकलन गर्ने कार्य जारी रहेको छ र अन्य तयारी पनि अघि बढेको छ । ‘गजल मुसायरा’ सो कार्यक्रमको नाम दिईएको छ भने कार्यक्रममा सिड्नीका समुदायलाई आमन्त्रण गरिएको आयोजक (गज़ल मुशायरा – 2015 आयोजक समिति)ले जनाएको छ । सो समितिले असनेपालन्युज समाचार लाई उपलब्ध गराएको जानकारीको पूर्ण पाठ यस्तो छ :
नेपाली साहित्य को एक युग का प्रवर्तक एवं
नेपाली गज़ल का पिता मोतिराम भट्ट को सम्झना मा सिड्नी का विविध साहित्यिक वृत्तहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलिया, साताको साहित्य र रचना वाचन समूह को संयुक्त संलग्नता मा ‘गज़ल मुशायरा – 2015’ को घोषणा गरिएको छ। आयोजना अनुरुप कार्यक्रम देहाय बमोजिम रहने कुरा जानकारी का लागी अनुरोध गरिन्छ।
कार्यक्रम हुने मिति: 5 September 2015 शनिवार
कार्यक्रम हुने समय: दिउँसो ठिक 1:00 बजे बाट
कार्यक्रम हुने स्थान: 73-75 Norton Street, Ashfield, NSW 2131
आयोजक समिति का अनुसार कार्यक्रम मा सिड्नी का स्थापित गजलकार तथा नव प्रतिभाहरु का गजल वाचन, गजल गायन तथा नृत्य प्रस्तुत गरिने छ। खुल्ला रुप मा गजल
आव्हान गरिएको उक्त कार्यक्रम मा स्वयं उपस्थित भै प्रस्तुति दिन चाहनु हुने गज़लकारहरु लाई निम्न प्रक्रिया र मापदण्डहरु पुरा गरी यथाशीघ्र आफ्ना गजलहरु पठाउनुहुन पनि हार्दिक अनुरोध गरिएको छ।
1. गजल कम्तिमा चार वटा र बढीमा सातवटा पठाउनु पर्ने छ।
2. गजल का आधारभूत सिद्धान्तहरु अवलम्बन गरी लेखिएका गजलहरु हुनु पर्नेछ।
3. गजलकार कार्यक्रम मा स्वयं उपस्थित भएर आफ्ना गजलहरु प्रस्तुत गर्नु पर्ने छ।
4. गजल आगामी अगष्ट १० तारिख (10 August 2015) 23:59 बजे सम्म मा इमेल ठेगाना ghazalmusayara@gmail.com
मा पठाई सकिएको हुनु पर्ने छ।
5. गजल पठाउँदा आफ्नो नाम र सम्प र्क नम्बर अनिवार्य पठाउनु पर्ने छ।
6. गजल छनौट भएका व्यक्तिहरु लाई समिति ले अगस्ट 15 भित्रमा सम्पर्क राख्ने छ।
7. गज़ल चयन सम्बन्धि सम्पूर्ण अधिकार ‘गज़ल मुशायारा 2015’ आयोजक समिति मा निहित रहने छ।
थप जानकारी चाहिएमा तल उल्लेखित व्यक्तिहरु लाई सम्पर्क गर्नुहुन पनि अनुरोध गरिएको छ :
सम्पर्क
महेन्द्र पौडेल : 0411
494 248
जितेन्द्र मल्ल : 0402 525 977
निष्प्रभ सजी : 0413 683 748
गोपी दवाडी : 0433 056 363
ईमेल : ghazalmusayara@gmail.com








