रियल र एथ्लेटिकोको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी भिडन्तमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राती भएको मड्रिड डर्बीमा रियल र एथ्लेटिकोले १ – १ गोलको बराबरी खेलका हुन् ।

घरेलु मैदानमा भएको डर्बी भिडन्तमा अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा रियल मड्रिडले बराबरी खेल्न बाध्य भयो । रियलको लागि पेपेले गोल गरेका थिए भने एथ्लेटिकोका एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए । यो बराबरीसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई भने फाइदा भएको छ ।

सान्टियागो बेर्नाबाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमा नै पेपेले घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ५२ औं मिनेटमा टोनी क्रुजको फ्रिकिकमा पेपेले हेड गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, निर्धा्रित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहदा एथ्लेटिकोका ग्रिजम्यानले गोल गरेपछि खेल १ – १ को बराबरीमा सकियो ।

यो बराबरीले लिगको शिर्ष स्थानमा रहेको रियल मड्रिडलाई घाटा भएको छ । यदी डर्बीमा जित निकालेको भए रियलले शिर्ष स्थानको अग्रता ५ बनाउने थियो । तर, यो बराबरीले रियलको अग्रता मात्र ३ मा रहेको छ । बराबरीपछि रियलले ३० खेलबाट ७१ अंक बनाएको छ  । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६९ अंक छ । तेस्रो स्थानमा रहेको एथ्लेटिकोको ६१ अंक छ ।

सम्बन्धित शिर्षकहरु