विश्व शान्ती परिषदका शान्ती दुत भीमसेन सापकोटा (आचार्य राजन शर्मा)अभिनन्दित:

महेश्वर शर्मा
सिड्नी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा क्यन्बेरामा गरिएको एक विशेष साहित्यिक कार्यक्रम “अनेसास रिजनल,टुर- २०१७”मा विश्व शान्ती परिषदका शान्ती दुत भीमसेन सापकोटा (आचार्य राजन शर्मा) लाई अभिनन्दन गरियो। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ती परिषदको शान्ती दुतमा नियुक्त हुनुभएकोमा बधाई दिंदै सम्मान गरिएको हो। उहांलाई अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरे र प्रमुख अतीथी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पान्डेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गर्नुभयो। सम्मान पश्चात भीमसेन सापकोटाले सम्बोधन गर्दै यो सम्मान सबै नेपालीकै रहेको र आफु एक माध्याम मात्रै बनेको बताउनुभयो उहांले सो कार्यक्रममा आफ्नो रचना समेत वाचन गर्नुभएको थियो।

 

 

 

 

 

सम्बन्धित शिर्षकहरु