महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,२०३ औँ भानु जयन्तीको अवसरमा हिमालयन रेडियो र अनेसास एनएसडब्लूको संयुक्त सहकार्यमा सिड्नीमा “भानु रेडियो काव्य साँझ” भब्यताका साथ सम्पन्न भएको छ।१८ जुलाई २०१६ सोमबार साँझ ६ बजे देखि सुरुभएको सो कार्यक्रममा फिजीकालागि नेपाली साँकृतिक राजदुत तथा अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) साहित्यकार वेद कुमारी न्यौपाने,अनेसास एनएसडब्लूकी अध्यक्ष सानु घिमिरे,अनेसास एनएसडब्लूका महासचिव महेश्वर शर्मा,सचिव दिपक निरौला साहित्यकार भरत राज पौडेल ले आ-आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।
स्टुडियो भित्रको “भानु रेडियो काव्य साँझ
” साहित्यतिक कार्यक्रम अत्यनतै सफल बन्यो अनेसास एनएसडब्लूकी अध्यक्ष सानु घिमिरेले असनेपाल न्युजलाई बताईन।प्रस्तोता टिका कार्कि र राम कान्त न्यौपाने ले अत्यनत रोचक किसिमबाट प्रस्तुत गरेको सो कार्यक्रममा कवि तथा अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) ले आदिकवि भानुभक्त आचार्य प्रति समर्पित कविता तथा मुक्तक वाचन गरेका थिए।साथै साहित्यकार वेद कुमारी न्यौपानेले आफ्ना रचनाहरु सुनाएकि थिईन।
सो कार्यक्रममा अनेसास एनएसडब्लूकी अध्यक्ष सानु घिमिरेले भानु सम्बन्धि नै कविता र मुक्तक वाचन गरेकि थिईन भने अनेसास एनएसडब्लूका महासचिव महेश्वर शर्माले बनभरि लालिगुराँश शिर्षकको कविता र मुक्तक सुनाएका थिए। साहित्यिक माहोल बोकेको सो कार्यक्रममा सचिव दिपक निरौलाले गजल र कविता सुनाएका थिए भने साहित्यकार भरत राज पौडेल पनि आफ्ना रचना प्रस्तुत गरेका थिए। साथै उक्त कार्यक्रममा फोन सम्पर्क गरि थुप्रै साहित्यकारहरुले पनि आफ्ना रचना सुनाएका थिए।सो कार्मक्रम 148 Addison Road Marrickville मा रहेको हिमालयन रेडियो ८८.९ मेगाहर्ज मा भएको थियो।









