योग्य र अनुभवी न्यायाधीश नियुक्ति गर्न पहल गरिने

पोखरा, २ पुस । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा योग्य, सक्षम र अनुभवी न्यायाधीश नियुक्ति गर्न आफूले पहल गरिरहेको बताएकी छन् ।

उच्च अदालत र जिल्ला अदालत बार एसोसिएसनद्वारा शुक्रबार पोखरामा आयोजित स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा उनले एक गलत मानिसले न्यायालयमा नियुक्ति पायो भने न्यायालयलाई भार पर्ने हुनाले यसमा आफू सचेत रहेको स्पष्ट गरिन्।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले जनताकेन्द्रित न्यायका लागि बार र बेन्च एक भएर अगाडि बढ्नुपर्ने बताइन् ।

सम्बन्धित शिर्षकहरु