सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार प्रमुख कार्की किन गएनन् ?

20141201house-panel-summons-ciaa-chief-2nd-time-600x0काठमाडौँ । व्यवस्थापिका– संसद् अन्तर्गत सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की अनुपस्थित भएका छन् ।
समितिको शनिबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त लोकमानसिहं कार्की तथा पदाधिकारीहरुलाई सोधपुछका लागि समितिमा बोलाउने निर्णय गरेको थियो । बैठकमा घाँटीमा समस्या देखा परेको भन्दै कार्की अनुपस्थित छन् भने अन्य पदाधिकारी मात्र उपस्थित छन् ।
शनिबारको बैठकले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारको संलग्नतालगायतका विषयहरुमा सोधपुछका लागि आइतवार बिहान ८ बजे प्रमुखआयुक्त कार्की लगायतका पदाधिकारीहरूलाई बोलाएको थियो ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको आरोप लगाएपछि कार्की लगायत अख्तियार पदाधिकारीलाई समितिले बोलाएको हो । कार्कीलाई महाअभियोग लगाउनुपर्नें लगायत माग राख्दै अनशन बसेका केसीले सरकारसँगको चारबुँदे सहमतिपछि सोमबार अनसन तोडेका हुन् ।
केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । समितिका सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिनको आवाज समेत उठाएका छन् ।

सम्बन्धित शिर्षकहरु