भदौ १ । ललितपुर, प्रत्येक बाह्र वर्षमा हुने गोदावरी सिंहस्त महामेला मङ्गलबारदेखि सुरु भएको छ । महास्नान, महाध्यान र महाज्ञानको मूल नाराका साथ ललितपुरको गोदावरीस्थित मातातीर्थमा भदौ महिनाभर मेला लाग्नेछ ।

महामेलाको सुरक्षाका लागि करिब १५० नेपाल, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिएको छ । त्यस्तै विभिन्न ठाउँमा सिसी टिभी जडान गरिनुका साथै विभिन्न संस्थाका करिब ५०० स्वयम्सेवक मेला अवधिभर खटिनेछन् ।

यसैगरी २५ जनाको स्वास्थ्य टोलीले स्वास्थ्योपचारको काम गर्नेछ । मुख्य मेला केन्द्रमा मांस तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलास्थलमा खाद्यलगायत विभिन्न स्थानीय उत्पादनका २०० कक्ष राखिनेछन् ।









