बाबा कन्सल्टेन्सीलाई सिड्नी मेट्रो अवार्ड

अस्ट्रेलिया ।असनेपालन्युज , बाबा एजुकेशन  कन्सल्टेन्सीलाई सिड्नी मेट्रो अवार्ड प्रदान गरिएको छ ।
शनिबार सिड्नी मेट्रो कलेजले आयोजना गरेको ‘एजेन्ट इन्फर्मेसन नाइट तथा क्रिस्टमस पार्टीमा’ बाबा कन्सल्टेन्सीलाई उत्तम ५ एजेन्सि मध्ये को एक कार्य सम्पादन पदक तथा नेपाली मध्येको पहिलो नम्बरको एजेन्ट पदक प्रदान गरिएको हो । अवार्ड वितरणपछि बोल्दै बाबा का प्रमुख कार्यकारी ‘ सिईओ’ रविन्द्रकुमार शर्माले हरेकदिन भरपर्दो विश्यार्थी सेवाको अथक यात्रा र मेहनतको उचित कदर भएको उल्लेख गर्दै यसले  काम गर्न उत्प्रेरणा थपेको बताउनु भयो । बाबालाई यस अघि अस्ट्रेलियन आइडियल कलेज लगायत विभिन्न शैक्षिक संन्स्थाहरूले पनि यस्तै पदक प्रदान गरेर विध्यार्थी सेवामा गरेको अब्बल कार्यको कदर गरेको शर्मा ले असनेपालन्युजलाई बताउनु भयो ।
त्यस्तै कार्यक्रममा मेट्रो कलेजका प्रमुख कार्यकारी राम श्रेष्ठले पूर्ण क्षमतामा कजेल सञ्चालन गर्न कठिनाइ परेको भए पनि बाबा कन्सल्टेन्सीले लगायत सबैतिरबाट सहयोग मिलेकाले भोलिका दिनमा सम्भव हुने विश्वास व्यक्त गरेका थिए ।कलेजका प्रवन्धक जीवन थापाले पदक वितरण गर्नुभएको सो कार्यक्रममा सुजाता चालिसेले सुत्रधारको भूमिका बहन गर्नु भएको थियो ।

असनेपालन्युज सँग अनौपचारिक कुरा गर्दै शर्माले पदकहरू लगातार प्राप्त गर्दा हौसला पक्कै मिलेको छ तर त्यो भन्दा बढि विध्यार्थी तथा सेवाग्राहि हरू बाट मिलेको सकारात्मक प्रतिकृयाले काम गर्नुको आत्म सन्तुष्टी दिलाएको छ । फोटो सौजन्य : सतिष फोटोग्राफि।

15400984_10210226830140807_5512235159970453473_n

 

सम्बन्धित शिर्षकहरु