शताब्दिकै महत्वपूर्ण ग्रहणमा यस्तो गल्तिहरु नगरौं

शताब्दिकै महत्वपूर्ण ग्रहणमा यस्तो गल्तिहरु नगरौं
असनेपालन्युज ।शताब्दिकै महत्वपूर्ण ग्रहण यस वर्ष अवलोकन गर्न सकिने छ । अष्ट्रेलियामा बेलुकि ५ बजे देखि ९ बजे सम्म यसको प्रभाव रहने छ ।
यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा आज लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मानिएको खगोल अध्येता तथा पन्चाङ्ग निर्णयक समिति अष्ट्रेलियाका संयोजक आचार्य राजन शर्मा असनेपाल न्युजलाई बताउंनु हुन्छ । यति मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने जनाइएको छ ।
ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । गर्न नहुने कुराहरु यस्ता छन्:
ग्रहणलागेको बेलामा भोजन नगर्ने ।
गर्भवतिले घर भित्र वा छत मुति रहने ।
अत्यन्त खराब विकिरण आउंने हुंदा वालवालिका र व्रिद्दहरु घर भित्रै रहने ।
सकभर ग्रहणको अवधिभर नसुत्ने, ध्यान , योग तथा साधना गर्ने ।
घर भित्र रहेका सबै जल फालेर ग्रहण पछि नयाँं ताजा भोजन बनाउंने ।
शरीरमा रहने विष्गक्त्त विकिरण फाल्न पानिमा बिभिन्न जडिबुडि जस्तै दत्तिउन ,तुलसि,कुश तिल आदि हालेर नुहाउंने ।

https://youtu.be/0BvMNUuJmqM 

https://www.youtube.com/watch?v=0BvMNUuJmqM&lc=Ugy-GWSyIfEDG18sYk54AaABAg

सम्बन्धित शिर्षकहरु