
असनेपालन्युज ,ब्रिसबेन । यौन दुर्व्यवहार को आरोप लागेका एक नेपालीलाई’ आरोप झुटा भएको’ भन्दै यहाँंको सर्वोच्च अदालत ‘सुप्रिप कोर्ट’ ले सफाइ दिएको छ । विगत तीन वर्ष देखि मुद्दा खेप्दै आएका उनलाई बुधवार ब्रिसबेनको जर्ज स्ट्रिट स्थित अदालतले सो निर्णय सुनाएको हो । रोशन सिलवाल (नाम परिवर्तन ) ले भने असनेपाल प्रतिनिधि सँग भने ‘म आफ्नो नाम सार्वजनिक गर्न चाहन्न तर अस्ट्रेलियामा महिलाले चाहेमा पुरुषलाई जस्तो आरोप पनि लाग्ने रहेछ , आरोप लाग्दैमा केही छैन तर आफु निर्दोष भए सत्यकै विजय हुने रहेछ यो कुरा सबै नेपाली युवाले जानकारि पाउनु जरूरि छ , यो जानकारी भने सबै माझ लान चाहन्छु “। उनलाई ३ वर्ष अघि ब्र्सिसबेनको एक बार मा काम गर्दा एक अस्ट्रेलीयाली युवतिले आरोप लागाए पछि ब्रिसबेन प्रहरिले सो मुद्दालाई अदालतमा पेश गरेको थियो । युवतिले आफु ‘महिला शौचालयमा ‘मेक अप ‘ मिलाउन जांदा ति बारका कर्मचारी रोशनले आफुलाई पछ्याई यौन दुर्व्यवार गरेको आरोप लागाएको थीईन। शौचालाय भित्र सिसी टिभी नभाएको र अन्य प्रमाण पनि नभएको कारण सो मुद्दा निकै लम्बिएको थियो । तर अन्य प्रमाण र दुबै जनाको गतिविधिलाई लामो अनुसन्धान पछि रोशन निर्दोष सावित भएका हुन्। श्रीमतीको डिपेन्डेन्ट भिषामा रहेका उनी आफु र श्रीमति २०१५ देखि ठुलो मानसिक तनावमा रहेको तर आज सफाइ पाउंदा सत्यकै जित हुने रहेछ भन्ने खुशी लागेको बताउंछन्। उनि अब यो खुशीयालिमा नेपाल जाने तयारी गर्दै छन्।” ति युवति रक्सिले मातेकि रहिछन्, मैले तिमी सुन्दरि देखिन्छौ ‘ मात्र भनेको थिएं तर उनले उसले आफ्नो केटा साथी बोलाएर मलाई मुक्का हान्न लागाइन अनि सुरक्ष्या कर्मचारी ले जब उनिहरूलाई बाहिर धपायो त्यसपछि यसको बदला लिन उनले मलाई यौन दुर्व्यवहार गरेको आरोप लगाईन , मैले त दु:ख पाए यस्तो कुनै नेपाली लाई विपत्ति नपरोस’ हर्ष र विस्मत दुबै मिसिएको आवाजमा उनले भने । रोशन दोषि सावित भएमा उन्लाई जेल लैजान अदालतमा प्रहरि तैनाथ गरिएका थिए भने अदालत पेरिसरमा थुप्रै संचार माध्यम खडा रहेको उनका साथी रमेश न्यौपाने ले बताए।यसबारेमा असनेपाल न्युजले ब्रिसबेन प्रहरि संग संपर्क राख्दा अदालतले वाहिर ल्याएको जानकारी भन्दा अन्य आन्तरिक अनुसन्धानको कुनै विवरण पनि दिन नमिल्ने बताए।








