तीज सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति

201510311446291171idकाठमाडौँ, १९ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश दिँदै नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उल्लेख गर्दै मुलुकमा भएका परिवर्तनकारी आन्दोलन तथा सशस्त्र सङ्घर्षहरुमा महिला दिदीबहिनीले पु¥याएको योगदानको स्मरण गरेका छन् ।

सङ्घर्षबाट प्राप्त सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले सबै तहमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले तीज पर्वको अवसरमा नेपालको परिवर्तनकारी आन्दोलनमा सहभागिता र यसबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरे उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।

हरितालिका तीजले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्दै उनले तीज सिर्जनशील र उल्लासमय रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु