काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा भारतको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटसम्बन्धी विस्तृत विवरण प्राप्त भइनसकेको उक्त मन्त्रालयले जनाएको छ ।
Engaging the new Government in Nepal. Special Envoy and Deputy PM Bimalendra Nidhi calls on PM @narendramodi pic.twitter.com/4EbMqGaT6R
— Vikas Swarup (@MEAIndia) August 20, 2016








