तामाङ अवार्ड वितरण गरिने

tamang-bhakta-feature-800x500_cभदौ १ । ललितपुर, यस वर्षको तामाङ मिडिया अवार्ड अन्नपूर्ण दैनिक, काठमाडौँ ब्यूरो सम्पादक अर्जुन तामाङ र शक्ति एफएम, हेटौँडा, मकवानपुरकी कार्यक्रम निर्माता एवम् प्रस्तोता दुदूमाया सिन्तानलाई प्रदान गर्ने भएको छ ।

तामाङ सञ्चार समूहले हरेक वर्ष भदौ १ गते मनाउँदै आएको तामाङ प्रसारण दिवसका अवसरमा क्रियाशील तामाङ पत्रकारमध्ये दुईजनालाई अवार्ड दिइँदै आएको समूहका अध्यक्ष जगत दोङले बताए।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसका रुपमा समूहले मनाउँदै आएको छ । देशभर क्रियाशील ३०० तामाङ पत्रकार समूहमा आवद्ध रहेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु