सिड्नीमा सेन्ट जर्जमा तीजको यस्तो रौनक

13907066_1194121423985036_1864987514037593756_nस्वदेशमा हिन्दू नारीहरुको महान पर्व तीज जति उल्लासमय हुँदैछ प्रवासमा पनि त्यसको रौनक थपिँदैछ । पछिल्लो समय अस्ट्रेलियामा पनि तीजले उल्लेख्य महत्तव पाएको छ । यसैक्रममा सिड्नीको सेन्ट जर्ज क्षेत्रमा बसोबास गर्ने नेपाली समूदायले हरितालिका तीजको अवसरमा उल्लासपूर्वक मनाएका छन् । सेन्ट जर्ज नेप्लीज क्लबको आयोजनामाहस्र्टभिलस्थित मराना अडिटोरियममा आयोजना गरिएको तीज कार्यक्रममा करिब ५ सय दर्शकहरु उपस्थित थिए ।

13935045_1194121600651685_821881444992068751_nयस क्षेत्रमा बसोबास गर्ने सबै नेपालीलाई एकै ठाउँमा भेला गरी नेपाली नारीहरुको महान पर्वको अवसरलाई अझ उल्लासमय बनाउन कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष पदम जोशीले बताउनुभयो । उक्त कार्यक्रम साना बालबालिकाहरुको सामूहिक नृत्यबाट सुरु गरिएको थियो । त्यस्तै एन्जिला विश्वकर्मा लगायतले आकर्षक प्रस्तुति दिएका थिए ।

सम्बन्धित शिर्षकहरु