सकारात्मक सोच मार्फत जीवन सुन्दर बनाउने अभियान

असनेपालन्युज ,सिड्नी । मनको परिवर्तन सकारात्मक सोच बाट गर्न सकिन्छ । अनि व्यक्ति सुधारिए संसार सुधारिन्छ भन्दै विश्वभर सकारात्मक चिन्तन प्रवाह गर्दै हिंडेको समुहले यसका लागि विविध प्रयासहरू थालेको छ । यसै क्रममा सिङापुरमा अगस्टको अन्तिम साता सकारात्मक सोच विश्व कार्यशाला समेतको आयोजना गरिएको ‘ द माइन्ड पावर सोसाईटि‘ले जनाएको छ।विश्वका विभिन्न उत्प्रेरक वक्ता हरूलाई र विभिन्न क्षेत्रमा विशिस्टता हासिल गर्ने ब्यक्तिहरूलाई निमन्त्रणा दिएको सो अभियानले अस्ट्रेलिया बाट भीमसेन सापकोटा (आचार्य राजन) लाई लगायत १० बहु सास्कृतिक प्रतिभालाई निम्त्याएको छ । संयुक्त राष्ट्र संघ संघ शान्ति विस्तारका लागि सहकार्य गरिरहेको सो संस्थाले सो कार्यशालाका लागि तय गरेको विभिन्न उत्प्रेरक ब्यक्तिहरूका भिडियो मध्येको नेपालीमा भिडियो यसप्रकार छ।

सम्बन्धित शिर्षकहरु