असनेपालन्युज , सिड्नी । जे वोल्छ तस्विरले त्यो कहाँं बयान गर्न सक्छ र जिब्रोले ! तस्वीर, सुन्दरता र आफ्नो माटोको पहिचान सजिने क्यानभाष ले अझ धेरै कुरा बोल्छ । संस्कृती,ईतिहास ,परम्परा र जीवन । नेपाली जीवन र परम्परालाई क्यानभाषमा उतारेर हरेक घरलाई पूर्ण पार्ने एउटा नविन कार्य थालीएको छ सिड्निमा ।
क्यानभास, मेटल, ग्लास, मग, कुसन र गार्मेन्समा फोटो प्रिन्ट गर्न सकिने यी तस्विरहरूलाई ‘मेरो स्टुडियो सिड्नी ‘ नेपाली समुदायका घर घरमा पुग्ने तरखरमा रहेको छ । एउटा नेपालीले जे ब्यवसाय थाल्यो अर्कोले त्यहि मात्र पछ्याउने ब्यवसायिक रितलाई तोड्दै यो नविनतम कार्य थालेको बताउने जोशिला संचालक हरूको समुहमा प्रवन्ध निर्देशक दिप्ती खड्का,ब्यवस्थापक तिर्थ आचार्य,रहेका छन्। अनलाइन मार्फत आफ्ना रुचिका सामाग्री खरिद गर्न तथा अर्डर गर्न सकिने यो ब्यवसायको वेब पेजलाई हेम थापाले आफ्नो पूर्ण प्रतिभा निखारेर
सजएका छन्। विस डलर देखि २ सय डलर सम्मकै मुल्यमा सबै रोजाईका सामग्री पाउन सकिने ब्यवसायी संचालक हरूले सिड्निमा आयोजित एक कार्यक्रमका विच बताए ।
“ब्यवसायका लागि ब्यवसाय भन्दा पनि प्रवासमा आफ्नो पनको विस्तारका लगि यो स्टुडियो ले महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको संचारकर्मि बिष्णु प्रभात असनेपालन्युजलाई बताउनुहुन्छ ।
२ सय भन्दा माथिका तस्विर खरिद गर्ने लाई अस्ट्रेलिया भरी नै निशुल्क डेलिभरी गर्ने लक्ष्य लिएको सो स्टुडियो ले नेपालको प्रकृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको फोटो र फ्रेम उत्पादन गर्ने छ ।फोटो सौजन्य :मेरो स्टुडियो । 










