‘ब्रिज द ग्याप’को दसैं धमाका, इन्दिरा र मनोजले सिड्नी तताउने

सिड्नी, ब्रिज द ग्याप नेपालले सिड्नीमा वृहत् ‘दसैं साँझ’ मनाउने भएको छ । स्टेज क्वीनको उपाधि पाएकी गायिका इन्दिरा जोशी र हाँस्य सम्राट भनेर चिनिने ककलाकार मनोज गजुरेलले प्रस्तुति दिने कार्यक्रम विशुद्ध च्यारिटी भएको आयोजकले बताएको छ ।

12112311_1637246659893921_6191798674671529508_nकार्यक्रमकी मिडिया कोअर्डिनेटर र संस्थाकी सचिव दीपा न्यौपानेले असनेपालन्युजसँग कुराकानी गर्दै भनिन्, “यो लम्जुङ जिल्लाका केही बालबालिकाहरूको सहयोगार्थ हो ।”

उनका अनुसार कार्यक्रमको तात्पर्य माटोको माया र मुलुकको विकासका लागि हो । उनले अगाडि भनिन्, “ हजुरहरूको सहयोग यो कार्यक्रमको लागि भन्दा पनि बढी लम्जुङको शारदा माध्यामिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको लागि हुनेछ । जो अहिले उचित शिक्षाबाट बन्चित बनेका छन् । एकबर्ष भन्दा बढि समय देखी उनीहरू त्रिपाल मुनि बसेर पढ्न बाध्य छन् । हजुरहरूको यो सहयोगका कारण हामीले एउटा विद्यालय भवन निर्माण गर्न सफल हुनेछौं ।”

सन् २०११ देखि नेपाली समूदायको वृहत्तर विकास र हितका लागि काम गर्दै आएको संस्थाको लम्जुङमा विद्यालय स्थापना ‘ड्रिम प्रोजेक्ट’ भएको उल्लेख गर्दै उनले नेपाली समूदायलाई सहयोगको आह्वान समेत गरिन् ।
उनको भनाइ थियो, “ गरिब, निमुखा र विपन्न विद्यार्थीहरूलाई शिक्षाको पारिलो घाम दिने हाम्रो अभियानमा यहाँहरूको सहयोगको अपरिहार्यता छ, आउनुहोस् धक फुकाएर सहयोग गर्नुहोस्, हामी पारदर्शी हिसावले काम गर्छौं ।”

थप जानकारीको लागि

 

सम्बन्धित शिर्षकहरु