नतिजामुखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

Puspakamal_dahal_380025590साउन २५। काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवार भएर नतिजामुखी काम गर्न आफ्नो कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयका कर्मचारीको आन्तरिक ‘ब्रिफिङ’का क्रममा सोमबार सिंहदरबारमा प्रधानमन्त्री दाहालले आइतबारको निर्देशनको आधारमा काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

“आइतबार सचिवस्तरीय बैठकमा मैले सरकारको प्राथमिकता र योजनाबारे निर्देशित गरेको छु, त्यहीअनुसार परिणाम निकाल्ने गरी काम गर्नुहोला”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालय मुलुकको प्रशासनिक अखडाको ठूलो केन्द्र भएको र प्रभावकारी काम गरेको खण्डमा सकारात्मक सन्देश जाने भन्दै सरकारका कार्य योजनालाई प्रभावकारी ढङ्गले अघि बढाउनु पर्ने बताए ।

कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रधानमन्त्री कार्यालयको योजना, प्रगति र आगामी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षकहरु