पेट्रोलियम पदार्थको मूल्य घट्यो

petroleum-cross-subsidyकाठमाडौँ । पेट्रोेलिमय पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै निगमले मूल्य समायोजन गरेको बताएको छ । समायोजित मूल्य अनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ ।
यसअघि ९९ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे जानकारी दिए ।
यस्तै डिजेल र मट्टितेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ घटेर १३सय७५ कायम गरिएको घिमिरेले बताए ।

सम्बन्धित शिर्षकहरु