गरिबलाई रूवाउने छैन फेरी

श्रावणको महिना, हेर त आकास भरि
मेघ गर्जंदै छ ,आंशु झार्दै छ बादल मडारिएर
भनिदेउन , यसपाली कोहि टुहुरा हुने छैनन्
पहाडहरू सुनकोसिमा पौडिने छैनन्
बज्रपातमा बा’हरू बेपत्ता हुनेछैनन्।
गरिबलाई रूवाउने छैन
यसपाली चैं दैव सांच्चै
खाउन दैव है त्यो कसम
खाउन दैव है त्यो कसम

झरी बर्षा सँगै-सँगै
गरिबको यो बस्ती
भेल संगै बगि जाने हो कि
बनका रूखहरू ढले संगै
यो मेरो बस्ति, बगि जाने पो होकि
पहाड खसि मेरो गांउ बस्ति
फेरि पुरिने पो हो कि
प्रवासमा फेरि देश दुख्ने पो हो कि
गाउंनै बेपता भएको खबर
छापिने पो होकी
बर्षामास खेतीबालीको
यो याम अहिले
मानो रोपी मूरी फलाउने
सपना बोकि रमाएको छ
जति झरी झारे पनि,
यो खुसि चैं नझार है
जति रुवांउछौं, रुवाई सक्यौ
अब चैं खरानी नपार है ।
मेरो त्यो गाँउ
भेल सँगै बगि जाने पो हो कि
भनि डर नै डरमा छ यो ठाउँ

श्रावणको महिना आकास भरि
झरी बादल मडारिंदै छ
गरिबलाई रूवाउने छैन
यसपाली भनि
खाउन दैव है त्यो कसम
खाउन दैव है त्यो कसम।

~~~~ राम रूवाली~~

सम्बन्धित शिर्षकहरु