एमालेले एक मिनेट पनि सरकारमा बस्दैन : ज्ञवाली

resize_imageभक्तपुर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार संसदलाई विश्वास गर्ने भएकाले संसदले गर्ने निर्णय मान्न तयार रहेको प्रतिक्रिया दिएका छन् । संसद्मा सरकारविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि वर्तमान सरकारले के गर्ला भन्ने अन्योलता बढिरहेको अवस्थामा प्रधानमन्त्री ओली निकट मानिएका ज्ञवालीको उक्त धारणा आएको हो ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा ज्ञवालीले भने, “सार्वभौम व्यवस्थापिका– संसद्ले जे निर्णय गर्छ त्यो एमालेलाई मञ्जुर छ, प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ ।”
ज्ञवालीले संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको भन्दै उनले आफूहरू सरकारको मोहमा नफस्ने जिकिर गरे ।
संविधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने उनको भनाइ थियो ।
वर्तमान सरकारको बहिर्गमन पश्चात देखिएको संवैधानिक जटिलताहरू फुकाउन समेत वर्तमान सरकार तयार रहेको उनको भनाइ थियो ।

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अट्काउ फुकाउने, संविधान संशोधन गर्ने वा दलीय सहमती गर्ने आधार मात्र संविधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको उनको प्रष्टोक्ति थियो ।
उनले विनाकारण सरकारले अविस्वासको प्रस्तावको सामना गर्नु परेको बताउँदै असहज परिस्थितिमा गठन भएको सरकारले गरेका कामहरूलाई आँखा चिम्लिन नहुने तर्क गरे ।
ज्ञवालीले वर्तमान सरकारले सत्ता लम्व्याउन अनुचित सम्झौता नगरेको बरु संविधानको कार्यान्वयन र देश र जनताको हितलाई सर्वोपरी राखेको धारणा व्यक्त गरे ।
आन्दोलन छाडेर मधेस केन्द्रित दलहरू सत्तामा जान हतारिनुले उनीहरूको नियत प्रष्ट भएको उनले बताए ।

सम्बन्धित शिर्षकहरु