शुक्रबार हरिशयनी एकादशी मनाईंदै

34ac4d3a3f1c9a75eb147d7a7de8bf93काठमाडौँ । हिन्दू धर्मावलम्बीहरू आज शुक्रबार घर–घरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदैछन् । हिन्दू धर्म परम्परामा आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रूपमा पूजाआराधना गर्ने चलन छ ।

आज पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउने जानकारी गराएको छ ।

त्यस्तै शुक्रबारदेखि चतुर्मास व्रत पनि सुरु हुँदैछ । पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन रहेको छ ।

 

सम्बन्धित शिर्षकहरु