अस्ट्रेलिया, चर्चित नायिका करिश्मा मानन्धरले आफ्नो करिअरको ३० औं वार्षिकउत्सव अष्ट्रेलियामा मनाउने लागेकी छन् ।
विसं २०४२ चलचित्र सन्तानबाट नेपाली रजतपटमा डेव्यु गरेकी नायकिा मानन्धरले ३० वर्ष औं वर्ष गाँठ अस्ट्रेलियामा मनाउन लागेकी हु । त्यस्तै उनलाई अष्ट्रेलियावासी नेपालीको तर्फबाट सम्मान गरिने छ ।
बिहीबार सिड्नी आइपुगेकी नायिकाले अस्ट्रेलियामा तीजको कार्यक्रममा समेत सरिक हुनेछिन् । उनको साथमा गायिका मेलिना राई पनि बिहीबार विहान १० बजे सिड्नी आइपुगेकी छन् ।
विमानस्थलमा आयोजक नेपाली टच अष्ट्रेलियाको तर्फबाट दिपेश पुन र राजकुमार गोश्वामी, नेपमार्टको तर्फबाट न्यान्सी पुन र लक्ष्मी होम्सको तर्फबाट किशोर आचार्य र सोना तिम्सिनाले स्वागत गरेका थिए ।








