बेलायतमा युरोपेली संघ छोड्नुपर्ने पक्षमा मतदान

 

Leader of the United Kingdom Independence Party (UKIP), Nigel Farage speaks during a press conference near the Houses of Parliament in central London on June 24, 2016. Britain has voted to leave the European Union by 51.9 percent to 48.1 percent, final results from all 382 of Britain's local counting centres showed on Friday. / AFP PHOTO / GLYN KIRK

असार १० । लन्डन, बेलायतीहरुले युरोपेली संघ ९इयु० को सदस्य राष्ट्रका रुपमा नरहने पक्षमा मतदान गरेको देखिएको छ ।

इयुको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको प्रारम्भिक नतिजाबाट यस्तो अवस्था देखिएको हो ।

ईयुबाट बाहिरिने पक्षमा मतदान भएको देखिएको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ । प्रारम्भिक नतिजाबाट गरिएको अनुमानमा करिब ५२ प्रतिशत नागरिकले नै इयुबाट निस्किनुपर्ने पक्षमा मतदान गरेको देखिएको बताइएको छ ।

इयुबाट बाहिरिने पक्षमा ५२ प्रतिशत मतदान भएको छ । त्यसैगरी ईयुमै आवद्ध भएर बस्नु पर्छ भन्नेमा ४८ प्रतिशत मतदान भएको बताइएको छ तर यो अन्तिम नतिजा भने होइन– प्राप्त समाचारमा जनाइएको छ ।

शुक्रबार यो परिणाम आएपछि अमेरिकी डलरको तुलनामा पाउण्डको मूल्य ३१ बर्ष अर्थात सन् १९८५ यताको नै तल्लो बिन्दुमा आएको छ ।

लण्डन र स्कटल्याण्डमा इयुमा रहने पक्षमा मतदान भएको छ भने उत्तरी ब्रिटेनमा इयुमा रहनपर्ने पक्षमा कम मात्र मतदान भएको देखिएको छ ।

अहिलेसम्ममा ३८२ मतदान केन्द्रमध्ये ३७४ को मत गणना सम्पन्न भएको छ । त्यसैले यो मतगणनाको प्रारम्भिक स्वरुप हेर्दा पनि बेलायतले इयुमा रहने पक्षमा परिणाम आउन गाह्रो देखिएएको छ ।

हालसम्म भएको मतगणनामा १ करोड ६८ लाख मत इयुमा नरहने पक्षमा र १ करोड ५७ लाख मत पक्षमा परेको मतदान अधिकारीहरुले जानकारी दिएका छन् ।

बिबिसीका अनुसार इयुमा रहने पक्षमा विजय प्राप्त हुन असम्भवप्राय रहेको छ । बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म सो मतदान भएको थियो ।

मतदान सकिएको केही क्षणमा नै मतगणना सुरु भएको थियो । युके इन्डिपेन्डस् युकेआइपी पार्टीका नेता नाइजल फराजले यस परिणामको स्वागतगर्दै यस परिणामलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् ।

प्ररम्भिक निर्वाचन सर्वेक्षणहरुले भने बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको बताएका थिए । तर पछि भने परिणाम त्यस्तो आएन ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पनि बस्नुपर्ने पक्षमा नै हुनुहुन्छ । उहाँले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि बढी राम्रो हुने बताएका छन् ।

उनले बुधबार दिएको यस्तै भावुक अभिव्यक्तिमा सो धारणा राखेका थिए। बेलायतका लागि यदि इयु छोड्ने हो भने उसका सामु आर्थिक मन्दीको समस्या पनि आउन सक्ने उनको धारणा थियो ।

यस जनमत सङ्ग्रहको अन्तिम नतिजा आउन र यसको औपचारिक घोषण हुन भने बाँकी नै रहेको छ । केही क्षणमा नै अन्तिम नतिजा घोषणा गरिने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु