कोपा अमेरिका : अर्जेन्टिनाको शानदार जित

एजेन्सी,अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान मासाचुसेस्टसमा भएको क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएर अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एरिक लामेलाले एक एक गोल गरे ।

ClRkaXaWIAEjGYGआठौं मिनेटमा नै हेगुइनले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए ।

भेनेजुएलला पेनाल्टीमा गोल गर्नबाट चुक्यो । अर्जेन्टिना समूह चरणका सबै खेलमा जित्दै समूह डीको विजेता बनेर अन्तिम ८ मा आएको हो । यस्तै भेनेजुएला भने समूह सीको उपविजेता बनेर क्वाटरफाइलनमा आएको हो । अर्जेन्टिनाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ । कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिनाले तेस्रो पटक अमेरिकासँग खल्ने भएको हो । मेस्सीले यो कोपा अमेरिकामा चार गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।
– एजेन्सीको सहयोगमा

सम्बन्धित शिर्षकहरु