काठमाडौं । नेपाली कामदार जापान जाने प्रक्रिया औपचारिक रुपमा खुलेको छ । जापान सरकारले ‘नर्सिङ केयर गिभर’ का रुपमा नेपाली कामदार लैजानका लागि परीक्षा मिति, नमुना प्रश्नपत्र, लागत र उत्तीर्ण अंकबारे जानकारी गराएको हो ।
जापानले फिलिपिन्सका कामदार लैजाने प्रक्रियाको परीक्षाफल प्रकाशन गरेपछि नेपाली कामदारको सीप तथा भाषा मूल्यांकन परीक्षाको मिति सार्वजनिक गरेको हो । फिलिपिनो कामदारका लागि लिएको ४ वटा परीक्षाको परीक्षाफल प्रकाशित भइसकेको छ । जस अनुसार नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म तीन चरणमा पहिलो चरणको नर्सिङ केयरको सीप परिक्षा हुने छ ।
नमुना प्रश्नपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् :
सीप परिक्षा एक घण्टाको हुनेछ । त्यस अवधिमा ४५ वटा प्रश्न सोधिने र त्यसमध्ये ४० प्रश्नको लिखित परिक्षा हुनेछ । पाँच वटा प्रश्न रहने प्रयोगात्मक परिक्षामा कम्प्यूटरको माध्यमबाट जाँच हुनेछ । नतिजा परिक्षा भएको एक महिना पछि हुने र उत्तिर्ण हुन न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
नमुना प्रश्नपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् :
यसैगरी जापानी भाषा परिक्षा आधा घण्टाको हुनेछ । दुई–दुई मिनेटका १५ वटा प्रश्न सोधिनेछन् । तीन खण्डमा बाँडिएको भाषा परिक्षाका १५ वटा प्रश्न हरेक खण्डमा पाँच–पाँच वटाका दरले सोधिनेछ । भाषा परिक्षाको शुल्क तथा र सीप परिक्षण दुवैको परिक्षा शुल्क एक–एक हजार येन गरी दुई हजार येन तोकिएको छ ।
नमुना प्रश्नपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् :
नेपाल र जापानवीच यसअघि भएको सहकार्यको सहमति(एमओसी) अनुसार नेपाली कामदारले जापानमा जापानी नागरिक सरह सेवा सुविधा पाउने उल्लेख छ । आवेदनका लागि कामदारले सब्स्क्रिप्सन फर्म भरेपछि क्षेत्रीय अध्यागमन विभागमा आवेदन दिन सक्नेछन् । यस्तो आवेदन अनलाइनमार्फत् दिनुपर्नेछ । आवेदन दिनका लागि www.kyoukai-shinsei.net/GetAccount मा गएर फारम भर्नुपर्ने हुन्छ ।
सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउने बताइएको छ । यस्तो आवेदन दिन नेपालमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गर्नुपर्नेछ ।
नमुना प्रश्नपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् :
परीक्षाको नतिजा एक महिनापछि लगइन पेजमा नोटिफिकेसनको रुपमा प्राप्त हुनेछ ।
नेपालले यसअघि जापान सरकारसँग कामदार पठाउने समझदारी गरिसकेको छ । जसअुसार कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत लगायतका १४ क्षेत्रमा कामदार लगिने छ ।
याद गर्नुहाेस्, परीक्षामा उत्तीर्ण हुँदैमा जापान जाने अवसर पाइने होइन । कामदार योग्य हुनेमात्र हुन् ।








