काठमाडौँ, नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले दशरथ रङ्गशालामा आज आयोजित पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी कसैका विरुद्ध नभई समृद्ध नेपाल निर्माणार्थ खडा भएको उल्लेख गरे । अब हुने स्थानीय निकायको निर्वाचन र आम निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष पनि उनले गरे ।
“नेपालको पहिलो राजनीतिक खण्ड भौगोलिक एकीकरण, दोस्रो राजनीतिक स्वतन्त्रताले बितेकामा अबको तेस्रो खण्डमा समृद्धि र आर्थिक विकासलाई प्राथमिकता दिनुपर्छ, सात वर्षमा गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षमा मध्यमस्तरको विकास एवम् २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउन सकिन्छ”– उनले भने।
प्राकृतिक स्रोतका हिसाबले नेपाल विश्वकै १० धनी देशमध्येमा पर्ने भएकाले त्यसको भरपूर उपयोग गरेर समृद्धि र विकासको लक्ष्य हासिल गरिने उनको भनाइ थियो ।
सबैको घर नबनेसम्म निजी सम्पत्ति जोड्दिन
दलको आगामी कार्ययोजना प्रस्तुत गदै संयोजक भट्टराईले देशका सबै जनताको घर नबनेसम्म निजी सम्पत्ति नजोड्ने प्रतिज्ञा गर्नुभयो । “जबसम्म यो देशमा सबै मान्छेको घर हुन्न तबसम्म आफ्ना निजी सम्पत्ति जोड्ने छैन, यो मेरो भीष्म प्रतिज्ञा हो”– उनले भने।
शिक्षाको अभावमा नारी कति पछि परेका छन् भन्ने उदाहरणस्वरुप आफ्नी आमाको कारुणिक प्रशङ्ग उल्लेख गर्दै डा भट्टराईले महिलालाई समान र समावेशी सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए।
मधेसी, खस आर्य र जनजातिलगायत सबै वर्गको समानुपातिक प्रतिनिधित्व दलमा गराइने उनको भनाइ थियो । मौलाउँदो भ्रष्टाचार न्यून गर्न दलले राजनीतिमा शुद्धीकरण अभियान सुरु गर्ने घोषणा पनि भट्टराईले गरे।
घोषणासभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायी शान्ति र लगानीको वातावरण बनाउन नयाँ शक्तिका साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । “स्थायी शान्ति र लगानीको वातावरणले मात्र देशमा समृद्धि र विकासको सोचलाई पूरा गर्न सक्छ”– उनले भने।
सभामा नेकपा माओवादी केन्द्र का नेता कृष्णबहादुर महराले राजनीतिक नेतृत्वबिना आर्थिक विकास सम्भव नभएको बताए । “पार्टीले सारेको समृद्धि र आर्थिक विकासको विकल्प निरासामा नबद्लियोस्”– उनले भने ।


![gofF zlQm g]kfnsf] 3f]if0fsfo{qmdf pkl:yt g]tf tyf sfo{stf{nfO{ ;kmt v'jfpg' x'b} kf6L{sf ;+of]hs 8f= jfa'/fd e66/fO{ . tl:a/ M k|bLk/fh jGt,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1465735008771_PRO_KTM_160612_IMG_1318-300x175.jpg)






