आजको साहित्यिक सामग्रीको रुपमा पुष्पा धमलाका ‘दुई मुक्तक’

 

मुक्तक १
आमा मलाई नखोज्नु है खुकुरीको धारमा छु म
संघर्ष गर्दा गर्दै अन्तिम जिबन हारमा छु म
भन्नु हुन्थो हिजो बाले आफ्नो ईज्जत नफाले है
बचाउँन ईज्जत खोज्दा जिवनकै मारमा छु म

मुक्तक २
आज सम्म आशिर्वादले शिर झुकेको छैन बा
गाउँ घरको यादले कति रात सुतेको छैन बा
आमा बाको सपना जब सम्म पुरा गर्न सक्दिन
मैले जस्तो भोग्नु परोस् यो मन दुखेको छैन बा

सम्बन्धित शिर्षकहरु