हाम्रो मझेरी साहित्य प्रतिष्ठानद्वारा अायोजित कार्यक्रममा सर्जक अम्विका कार्कीले वाचन गरेका मुक्तकहरु

१.
जाजरकोट देख्दा यो मन सार्‍है रोएकोछ।
कयौं पटक आँसुले यो हृदय धोएकोछ ।
मैले खाने भत्ताले त्याँ सिटामोल पुर्‍याउ सरकार१
साच्चै त्यहाँको पीडाले मलाई छोएकोछ।

२.
यो देशको अस्तित्व दिनप्रतिदिन गिरेकोछ।
पढ्ने युवाले परदेश लाग्ने झोला भिरेकोछ।
कतिञ्जेल यो बिडम्बना हेरिरहन्छौ सरकार !
छोराको लास बाकसमा आउँदा आमा बाको छाती चिरेकोछ ।

३.
नारी तिमी महान धर्ती हौ कसैको भावना नबन ।
अस्मिताको किनबेच गरी आलोचना नबन ।
घर धानेर अझै धेरै लिन छ हाम्रा अधिकार
क्षणिक मोहमा फसेर मात्र पुरुषका चाहना नबन।

४.
भविष्यको लौरो भन्दै के अर्थ भो सन्तान पाएर ।
निर्दयी बन्छन् कोखीका घाउ छोडिदिन्छन् आश्रम धाएर
बालकहरू अलपत्र छन् सडकमै रात बिताउँदा
निमुखाले के नै पाए देशमा अनेक तन्त्र आएर ।

५.
बर्षौं बित्यो भुकम्प र पहिरोका पीडा उस्तैछ।
द्वन्द्वकालमा भएको अरु समस्या दुरुस्तै छ।
बाढी पस्दा ढोकाको चाबी भारतको हातमा किन हुन्छ?
चुप बस नेता १ यो हिउँद हो पानीको बेग सुस्तैछ।

६.
आज मलाई तिमी छेउमा बस्न मन लाग्यो।
प्रेमील भई माया जालमा कस्न मन लाग्यो।
यो मुटु र त्यो मुटु एउटै गाँठो बनाउँदै
तिम्रो दिलको ढोका बाट पस्न मन लाग्यो ।

अम्बिका कार्की (अमु)
सर्लाही वाग्मती नगरपालिका
हाल चितवन भरतपुर

सम्बन्धित शिर्षकहरु