एनआरएनए ओसेनिया क्षेत्रको बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक न्यूजिल्याण्डमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार स्थानीय क्राईष्टचर्च शहरको लिंकन ईभेन्ट सेन्टरमा भएको बैठकले विभिन्न १० बुँदे प्रतिबद्धतापत्र समेत पारित गरेको हो ।

बैठकका निर्णयहरु यस्ता छन् :
१. गैरआवासीय नेपाली संघको संरचनात्मक रुपान्तरण तथा पुनसंरचनाको पहल आगामी नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरिने प्रस्तावलाई यस बैठकले सर्वसम्मतले अनुमोदन गरेको छ ।

२. गैरआवासीय नेपाली संघलाई विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाका रुपमा अझ प्रभावकारी बनाई अघि बढाउन बृहद सामूदायिक संघ संस्थाको सहभागितालाई उच्च प्राथमिकता दिँदै सहकार्य र समन्वयलाई तिव्रता दिने निर्णय गरियो ।

13254509_10153573879027826_7804585764097173181_n३. नेपालमा गएको २०७२ को विनाशकारी भूकम्प पश्चात एनआरएनएले सञ्चालन गरेको पुनर्निर्माण अभियानमा ओसेनिया क्षेत्रबाट थप आर्थिक सहयोगका साथै यहाँ रहेका नेपालीहरुले हासिल गरेको ज्ञान, शिप र प्रविधिलाई पुननिर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

४. ओसेनिया क्षेत्रमा रहेका नेपाली महिलाहरुको सशक्तीकरणका लागि थप प्रतिबद्धता व्यक्त गर्दै सूचनामूलक तथा सहभागितामूलक कार्यक्रम ल्याउने निर्णय गरियो ।

५. आगामी एक बर्षभित्र यस क्षेत्रमा पर्ने फिजीमा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन गर्नका लागि एनआरएनए पपुवा न्यूगिनीका अध्यक्ष राजबहादुर शाहीको संयोजकत्वमा आईसीसी सदस्य ईश्वर कुईकेल, एनआरएनए न्यूजिल्याण्डका सल्लाहकार चक्रबहादुर थापासहितको तीन सदस्यीय कमिटी निर्माण गरियो ।

६. ओसेनिया क्षेत्रमा पञ्जिकृत सदस्यहरुको संख्या बृद्धिका लागि विशेष अभियान चलाउने निर्णय गरियो ।

७. राष्ट्रिय समन्वय परिषद् तथा यसमार्फत सहयोग जुटाउने अन्य संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयोगको कदर र पहिचान झल्किने गरी पुननिर्माण कार्यमा समावेश गराउन अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्ने निर्णय गरियो ।

८. गैरआवासीय नेपाली संघको नीति तथा आचारसंहितालाई परिस्कृत गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गर्ने निर्णय गरियो ।

९. ओसेनिया क्षेत्रमा रहेका विज्ञहरुको तथ्यांक संकलन गरी ज्ञान, शिप र क्षमता सम्बृद्ध नेपाल निर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

१०. नेपालमा भूकम्प प्रभावित क्षेत्रका महिलाहरुको स्वावलम्बन र स्वरोजगारीका लागि एनआरएनए ओसेनिया क्षेत्रका महिला फोरमले सहयोगलाई अभिवृद्धि गर्ने निर्णय गरियो ।

सम्बन्धित शिर्षकहरु