दुर्घटनामा छको मृत्यु

रामेछाप । पुरानो सदरमुकाम रामेछापडाँडादेखि हिमगङ्गा गाविसतर्फ जाँदै गरेको बिपी यातायातको ना१ज ४१६१ नंको टाटासुमो गाडी आज रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक मख्खन यादवले घटनास्थलबाट जानकारी दिए । सो टाटासुमो सडकबाट ३०० मि तल खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप ल्याइपु¥याइएको छ । शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु