जेठ १६ ।प्यूठान,केही दिन अवरुद्द रहेको बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ । पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु भएको हो ।नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो ।
विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम क्षेत्रमा आपूर्ति गर्दै आएको १३२ केभी विद्युत् प्रसारण लाइनमा समस्या हुँदा झन्डै एक सातासम्म प्यूठान, रोल्पा, अर्घाखाँचीसँगै यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता भएको र विद्युत् आपूर्तिमा केही सुधार भएपछि उत्पादन सुरु गरेको वितरण प्रमुख श्याम थापाले बताउनुभयो ।








