‘अहिले सरकार बदल्ने बेला होइन’

cp-mainaliकाठमाडौँ। उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले नाकाबन्दीपछिको समस्या समाधान, मधेसी समुदायको माग सम्बोधन र संविधान कार्यान्वयनलगायतका काम अझै बाँकी रहेको हुँदा वर्तमान सरकार बदल्नु उचित नहुने बताएका छन्।

“नाकाबन्दी खुलेपछि समस्या समाधान भएको जस्तो देखिए पनि त्यसको दीर्घकालीन समाधान अझै हुन सकेको छैन, त्यसको समाधान नभएसम्म वर्तमान सरकारको विकल्प खोजिनु हुँदैन”– उनले भने ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनेबारे सत्तारुढ दलबीच अनौपचारिक रूपमा भद्र सहमति भएको स्पष्ट पारे ।

“कुनै पनि विदेशी हस्तक्षेप हामी मान्दैनौँ नेपाल स्वतन्त्र र अटल छ”– उनले भने । उनले आन्दोलनभन्दा पनि वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न मधेसवादी दलसँग आग्रह गरे ।

नेकपा माले का महासचिवसमेत रहनुभएका मैनालीले आफ्नो पार्टीको हालै सम्पन्न महाधिवेशनले माक्र्सवादसँगै नेपाल चिन्तनको सिद्धान्तलाई अगाडि सारेको स्पष्ट पारे । उनले विचार मिलेका खण्डमा जो कोही वामपन्थी शक्तिसँग एकता हुनसक्नेसमेत स्पष्ट पारे ।

सम्बन्धित शिर्षकहरु