महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,अनुराग साहित्य समाज देवदह रुपन्देही तथा देवदह नगरपालिकाको सह-आयोजनमा देवदहमा “अध्यात्म र साहित्य बिमर्श तथा रचना वाचन” कार्यक्रम हुने भएको छ।
अध्यात्म चिन्तक श्री चैतन्य कृष्ण ज्यु प्रमुख अतीथी रहने सो कार्यक्रम २०७३ जेष्ठ १ गते शनिबार बिहान ७ बजेदेखी १० बजेसम्म हुने भएको हो। कार्यक्रम देवदह नगरपालिकाको सभाहल मदन आश्रीत सभाहल, देवदह सित्तलनगर ,रुपन्देही मा हुने भएको छ। साहित्य तथा आध्यात्मले समाजलाई सकरात्मक सोँचको विकासमा सहयोग पुग्ने उदेश्य राखेर गरिएको सो कार्यक्रममा डा. घनश्याम परिश्रमी,गणेश घिमीरे तथा मनोज भण्डारी ज्युको सहभागिता रहने छ।






