एमालेको केन्द्रीय विभागमा यस्तो सहमति

 

uml-party-office-in-dhumbarकाठमाडौं । नेकपा एमालेका विभिन्न २१ केन्द्रीय विभागका सदस्यको मनोनयनबारे आज टुङ्गो लागेको छ ।

कुल ३१ विभागमध्ये अब चाँडै दस विभागमा निर्णय हुने भएको छ । आन्तरिक विवादका कारण नवौँ महाधिवेशनपछि हालसम्म जिम्मेवारी दिन नसकेको एमालेका विभागले पूर्णता पाउने क्रम सुरु भएको हो । मनोनयनको विस्तृत सूची सार्वजनिक भने भएको छैन ।

सो मनोेनयनका लागि स्थायी कमिटीमा सहमति नभएपछि गत चैत २७ देखि यही वैशाख ३ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव ईश्वर पोखरेल तथा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट रहेको कार्यदललाई निर्णय गर्न जिम्मा दिएको थियो । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सहमतिमा विभाग निर्माणको कामलाई सात दिनभित्र सम्पन्न गर्ने भनिएकोमा आज २१ विभागमा सहमति जुटाएको छ ।

सचिव गुरुङले पार्टीको राजकीय मामिला, प्रचार, उद्योगलगायत विभागको सदस्यमा सहमतिका साथ निर्णय भएको जानकारी दिए । एक विभागमा वरिष्ठता र अनुभवका आधारमा बढीमा २५ सदस्यसम्म रहनेछन् । एमालेले चाँडै प्रदेश कमिटी पनि बनाउने छ भने ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार पनि चयन गर्ने बताइएको छ ।

 

सम्बन्धित शिर्षकहरु