एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल

cpnuml_election_symbolकाठमाडौं। नेकपा एमाले०केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आज बिहानदेखि समूहगत छलफल भइरहेको छ ।

पार्टीका पदाधिकारी सहितका कुल १८४ केन्द्रीय सदस्यले दश समूहमा विभाजित भई आज दिनभर पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा छलफल गर्ने र टोली नेताहरुले सोमबार आआफ्नो समूहको धारणा र सुझाव प्रस्तुत गर्ने केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

टोली नेताहरुमा कर्णबहादुर थापा, सीता गिरी ओली, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टङ्क कार्की, ठाकुर गैरे, राजेन्द्र राई, गणेश पहाडी, शेरबहादुर तामाङ र केदार न्यौपाने रहनुभएको छ । सोमबार सबै टोलीबाट धारणा प्रस्तुत भएपछि राजनीतिक प्रतिवेदन परिमार्जन गरी पारित गरिने बताइएको छ ।

मङ्गलबार बस्ने बैठकमा भने स्थायी कमिटीका निर्णयहरु अनुमोदन, पार्टी विभागहरुमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ, केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावबारे निर्णय लिइने नेता श्रेष्ठले बताए ।

सम्बन्धित शिर्षकहरु